Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नगरपालिका संघको अध्यक्षमा ढुंगाना सर्वसम्मत


    बुधबार, पुष ६ २०७९
    735
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपाल नगरपालिका संघको अध्यक्षमा धादिङको निलकण्ठ नगरपालिकाका मेयर भीम ढुंगाना सर्वसम्मत चयन भएका छन् । ४३ सदस्यीय कार्यसमितिमा ढुंगाना सर्वसम्मन अध्यक्ष चयन भएका हुन् । 

    उनी नेपाली कांग्रेसका तर्फबाट निर्वाचित नगरप्रमुख हुन् । उपाध्यक्षमा नेकपा माओवादी केन्द्र निर्वाचित सिन्धुपाल्चोकको चौतारासाँगागढी नगरपालिकाका मेयर कृष्णप्रसाद सापकोटा चयन भएका छन् । 

    महासचिवमा नेकपा एमालेका तर्फबाट दाङको घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरी चयन भएका छन् । उपमहासचिवमा काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल चयन भएकी छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार