Nepal Face
  • शनिबार, ९ साउन २०८३
  •  मोरङमा पुरुषको हत्या गरेको आरोपमा एक जना पक्राउ 


    बुधबार, पुष ६ २०७९
    730
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ । मोरङमा एक जना पुरुषको हत्या भएको छ । केराबारी गाउँपालिका-९ का ४३ वर्षीय दुर्गाकुमार राईको कुटपिट गरी हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । 

    उनको हत्या आरोपमा लेटाङ नगरपालिका-१ का ३० वर्षीय साने भन्ने हस्त बहादुर लिम्बुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ। सामान्य वादविवादमा लिम्बुले आइतबार दिउँसो कुटपिट गर्दा गम्भीर घाइते भएका राई घरमै मृत्यु भएको हो । 

    उक्त घटनाको सूचना पाउना साथ इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न लिम्बुलाई पक्राउ गरेको हो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार