Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • शेरबहादुर देउवालाई रामचन्द्र पौडेलले दिए बधाई


    बुधबार, पुष ६ २०७९
    895
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेपाली कांग्रेस संसदीय दलको नेतामा आज विजयी भएका सभापति शेरबहादुर देउवालाई पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले बधाई दिएका छन्  ।  नेपाली कांग्रेस संसदीय दलको नेतामा प्रधानमन्त्री समेत रहेका देउवालाई नेता पौडेलले समर्थन गरेका गरेका थिए ।   

    पार्टीका महामन्त्री गगनकुमार थापालाई ३९ मतान्तरले अपराजित गर्दै दलको नेतामा विजयी भएका देउवालाई शुभकामना दिँदै पौडेलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘नेपाली कांग्रेस संसदीय दलको नेतामा निर्वाचित हुनुभएकोमा पार्टी सभापति श्री शेरबहादुर देउवाजीलाई हार्दिक बधाई तथा शुभकामना !’

    योसँगै उनी पाँचौँपटक संसदीय दलको नेता बनेका छन् । बुधबार बिहान भएको चुनावमा देउवाले ६४ मत पाएर विजय भए भने गगनले २५ मत पाएका थिए ।   

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार