Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ट्वीटरको सीईओ पद छोड्ने मस्कको घोषणा


    बुधबार, पुष ६ २०७९
    465
    Shares
  • १ मिनेट पाठ
  • एजेन्सी। अर्बपति व्यवसायी एलाेन मस्कले ट्वीटरको प्रमुख कार्यकारीको पद छाड्ने घोषणा गरेका  छन् । ‘जागिर लिन पर्याप्त मूर्ख भेट्ने बित्तिकै म सीईओ पदबाट राजीनामा दिनेछु ! त्यसपछि, म सफ्टवेयर र सर्भर टोलीहरू चलाउनेछु’,  मस्कले ट्विटरमा लेखेका छन् ।

    उनले ट्वीटर प्रमुखको भूमिकाबाट अलग हुँदा ठीक होला कि, नहुँदा ठिक होला भनेर ट्वीटरमा भोटिङ पोल राखेका थिए र नतिजाको पालना गर्ने बताएका थिए। 

    त्यसमा ५७.५ प्रतिशतले अलग हुनुपर्छ भनेर मत दिएका थिए। हुनु पर्दैन भन्ने पक्षमा ४२.५ प्रतिशत मत परेको थियो। अलग हुनुपर्छ भन्नेमा धेरै मत परेपछि उनले ट्वीट गरेर सिईओ पदबाट राजीनामा दिने बताएका हुन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार