काठमाडौँ । सिरहामा गाँजासहित दुई जना समातिएका छन् । आज दिउँसो गोलबजार नगरपालिका-१ गोला मुक्सार चोकबाट आठ किलो भन्दा बढी गाँजासहित उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा सोही नगरपालिका ३९ वर्षीय सुदिप कुमार राई र धनुषा गणेशमान चारनाथका १८ वर्षीय किशोर हुन् । उनीहरुले अटो रिक्साको पछाडि भागमा लुकाई राखेको अवस्थामा उक्त गाँजा फेला परेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका अटो चालक किशोर र अटोमा सवार सुदिपमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।