Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • यस्तो हुँदैछ बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेबारे…


    मंगलबार, पुष ५ २०७९
    1.3K
    Shares
  • ३ मिनेट पाठ
  • काठमाडौं । एक नाबालिग किशोरी बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने अहिले पुर्पक्षका लागि हिरासतमा छन्। एक किशोरीलाई सन्दिपले काठमाडौंको गौशालास्थित एक होटलमा लगेर जबरजस्ती गरेको भन्दै भदौ २१ गते जाहेरी परेको थियो। 

    त्यतिखेर सन्दीप क्यारेबियन क्रिकेट लिगका लागि विदेशमा थिए। बलात्कारको आरोप लागेपछि उनले खेल खेल्न पाएका थिएनन्। सोही विषयलाई लिएर अहिले हिरासतमा रहेका लामिछानेबारे अब के होला भनेर धेरैको मनमा चिन्ता बढिरहेको छ। 

    क्रिकेटर लामिछानेविरुद्धको बलात्कारमा मुद्दा काठमाडौ जिल्ला अदालतले अब छिटै नै सुनुवाई गर्दैछ । मुद्दाका सबै प्रक्रिया टुंगाएर फैसलाको अन्तिम तयारी भईरहेको छ ।

    फैसला सँगै सन्दीपको संकट थप बल्झिने सम्भावना देखिन्छ । किनकि, पीडित युवतीले जाहेरीमा भन्दा चर्काे बकपत्र अदालतमा पेश गरेकी छिन् । जसकारण सन्दीपले सफाई पाउने सम्भावना अत्यन्तै कम छ ।

    गत २० असोजदेखि सन्दीप थुनामा छन् । करिब एक महिना प्रहरी हिरासतमा बसेपछि अदालतले उनलाई पुर्पक्षका लागि कारागार पठाएको थियो ।उनी यतिबेला केन्द्रीय कारागारमा थुनामा छन् ।

    अदालतले दुवै पक्षका साक्षीहरुको समेत बकपत्र गरिसकेको छ । जसमा सन्दीपको पक्षमा फैसला आउने प्रमाणहरु भेटिएका छैनन् । एउटा सकारात्मक पक्ष भने पीडित किशोरी १८ वर्ष उमेर पुगिसकेको कागजपत्र भने अदालतमा पेश गरिएको छ ।

    युवतीको नागरिकताको उमेरका आधारमा उनी १८ वर्ष पुगेको देखिदैन । तर, जन्मदर्तामा भने उनी १८ वर्ष पुगेको देखिएको छ । यसका आधारमा सन्दीपलाई केही सजाय कम हुन सक्ने तर सफाई पाउने सम्भावना भने एकदम कम देखिएको एक वरिष्ठ कानूनविद् बताउँछन् ।

    गत ५ भदौमा पिंगलास्थानको एक होटलमा बलात्कार भएको दाबी गरिएको छ । एक युवतीसँग होटलमा बसेको सन्दीपले पनि स्वीकार गरिसकेका छन् । तर, सम्बन्ध नभएको उनको दाबी छ ।

    लामिछानेमाथि लागेको अभियोग पुष्टि भए बलात्कार गरेको अभियोगमा मात्रै १० वर्षदेखि १२ वर्षसम्म कैद सजाय हुनसक्छ ।

    मुलुकी अपराध संहिताको दफा २१९ को जबरजस्ती करणी गर्न नहुने कसूरको उपदफा ९३० ९घ० मा पीडित १६ वर्षदेखि माथि १८ वर्षसम्म भए १० देखि १२ वर्षसम्म कैद सजाय हुने भनिएको छ ।

    उपदफा २ मा १८ वर्षभन्दा कम उमेरका कुनै बालिकासँग सहमतिमा सम्बन्ध राखे पनि करणी भएको मानिने भनिएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार