Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सट्टेबाजी गराएको आरोपमा भक्तपुरबाट २ जना पक्राउ


    आइतबार, पुष ३ २०७९
    615
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं। कतारमा जारी विश्वकप फुटबलको सट्टेबाजी गराएको आरोपमा उपत्यका अपराध अनुसन्धान कार्यालयले दुई जनालाई भक्तपुरबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुर नगरपालिका–१६ घर भएका सुनिल चौगुठी र भक्तपुर नगरपालिका–१२ घर भएका अजय भेले छन् ।

    आरोपीहरूलाई भक्तपुरबाट पक्राउ गरिएको अपराध अनुसन्धान कार्यालयले बताए । अनलाइन बेटिङमा उनीहरूले गरेको आर्थिक कारोबारबारे अनुसन्धान गरिरहेको अपराध अनुसन्धान कार्यालयका प्रवक्ता (एसपी) कृष्ण कोइरालाले बताए। 

    सुनिल चौगुठीले ३ करोड बढीको कारोबार गरेको अनुसन्धानबाट थाहा भएको छ । विश्वकप फुटबल अन्तर्गत आइतबार राति अर्जेन्टिना र फ्रान्सको बिचमा फाइनल खेल हुँदै छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार