Nepal Face
  • आइतबार, १० साउन २०८३
  • काठमाडौं महानगरपालिकाले उठाउन थाल्यो निजी जग्गामा पार्किङ गरिएका सवारीसाधन 


    आइतबार, पुष ३ २०७९
    515
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं। काठमाडौं महानगरपालिकाले अनामनगर क्षेत्रका निजी जग्गामा पार्किङ गरिएका सवारीसाधन उठाउन थालेको छ । आज आइतबार महानगरपालिकाले सो क्षेत्रको निजी जग्गामा राखिएका सवारीसाधन उठाएका हो । 

    निजी जग्गा क्षेत्रभित्र राखेका दुई पाङ्ग्रे सवारीसाधन महानगर प्रहरीले उठाएपछि यतिबेला अनामनगर क्षेत्र तनावग्रस्त बनेको छ । महानगरपालिकाले गरेको ज्यादतीको विरुद्धमा यतिबेला सवारीसाधन चालकहरु बिरोधमा उत्रिएका छन् । 

    उनीहरुले महानगरपालिकाले एकपटक एउटै र अर्को दिन अर्को निर्णय गरेर आम सर्वसाधारणहरुमाथि ज्यादती गरेको बताए । 

    यतिबेला काठमाडौँको सिंहदरबार पूर्वीगेटमा  सर्वसाधारण, महानगरप्रहरी र ट्राफिक प्रहरीबीच भनभन चलिरहेको छ । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार