Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • हिजाबविरोधी आन्दोलनलाई समर्थन गर्ने अभिनेत्री पक्राउ


    आइतबार, पुष ३ २०७९
    720
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ । हिजाबविरोधी आन्दोलनलाई समर्थन गरेको भन्दै इरानले एक जना अभिनेत्रीलाई पक्राउ गरेको छ । हिरासतमा एक महिलाको मृत्यु भएपछि सुरु भएको तीन महिना लामो विरोध आन्दोलनलाई समर्थन गरेपछि इरानले शनिबार उनलाई पक्राउ गरेको हो । 

    ३८ वर्षीय तरानेह अलिदुस्तीलाई ‘झूटा र विकृत सामग्री प्रकाशित गरेको र अराजकता भड्काएको आरोपमा गिरफ्तार गरिएको थियो’, तस्निम समाचार एजेन्सीले जनाएको छ ।

    उनी सन् २०१६ को ओस्कार–विजेता फिल्म “द सेल्सम्यान“ मा उनको भूमिकाको लागि सबैभन्दा बढी परिचित छिन्। अलिदुस्तीको सबैभन्दा भर्खरको सामाजिक सञ्जाल पोष्ट डिसेम्बर ८ मा भएको थियो, सोही दिन २३ वर्षीय मोहसेन शेकरीलाई मृत्युदण्ड दिइएको थियो । इरानको हिजाबविरोधी पछिल्लो प्रदर्शनमा मृत्युदण्ड दिइएका उनी पहिलो प्रदर्शनकारी हुन् ।
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार