Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ५० हजार पैसा लुट्न तारकेश्वरमा ९० वर्षीया वृद्धाको हत्या


    शुक्रबार, पुष १ २०७९
    2.1K
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं। काठमाडौं तारकेश्वरमा एक जना ९० वर्षीया वृद्धाको हत्या गर्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ।

    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले हिजो बिहीवार काठमाडौं तारकेश्वर नगरपालिका ६ पुशल बस्ने ३९ वर्षीय नरेन्द्र शिवभक्तीलाई हत्या तथा लुटपाटमा संलग्न आरोपमा पक्राउ गरेको हो । तारकेश्वर नगरपालिका ६ की ९० वर्षीया वृद्धा डिल्ली पुतुवार मंसिर २२ गते जंगलमा मृत फेला परेकी थिइन्। 

    हत्यापछि उनले वृद्धाको साथमा भएको नगद करिब ५० हजार तथा गहना लुटपाट गरेको प्रहरीको भनाई छ। 

    वृद्धालाई घरबाट नरेन्द्रले नै लिएर गएको र जंगलमा पुर्‍याएपछि ढुंगाले हानेर हत्या गरेको अनुसन्धानका क्रममा खुलेको छ। 

    घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार