Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मलेसियामा पहिरो: ८ जनाको मृत्यु, ५३ जनाको जीवितै उद्धार


    शुक्रबार, पुष १ २०७९
    825
    Shares
  • १ मिनेट पाठ
  • एजेन्सी। मलेसियाको राजधानी क्वालालम्पुरस्थित शिविरमा आज बिहान ठूलो पहिरो गएको छ । उक्त गएको पहिरोमा परेर कम्तीमा ८ जनाको ज्यान गएको बीबीसीले जनाएको छ ।

    अहिलेसम्म पुरिएकामध्ये ५३ जनाको जीवितै उद्धार गरिएको छ भने केही मानिस बेपत्ता रहेका छन्। उनीहरुको खोजी र उद्धार प्रयास जारी रहेको छ। राजधानीबाट ५० किलोमिटर उत्तरमा रहेको बटाङ काली सहरको फार्म स्टे क्षेत्रमा पहिरो गएको हो ।

    मलेसियाको राष्ट्रिय प्रकोप व्यवस्थापन निकायका अनुसार सडक छेउमा रहेको एक अर्गानिक फार्ममा शिविरका रुपमा उनीहरुलाई राखिएको थियो । पहिरो जानुको कारण खुलेको छैन । यस पहिरोमा ९२ जना फसेका थिए जसमध्ये ५३ जनाको सकुशल उद्धार गरिएको छ ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार