तनहुँ । तनहुँको व्यास नगरपालिका–४ निवासी दुवै मिर्गौला पीडित रामलाल श्रेष्ठलाई शुक्लागण्डकी नगरपालिका–४ का नारायण श्रेष्ठ र उहाँका श्रीमती पार्वती श्रेष्ठले मङ्गलबार आर्थिक सहयोग गरेका छन् ।
सो क्रममा श्रेष्ठ दम्पत्तिको रु दश हजार, काठमाडौँ सामाखुशीका विष्णुकुमार श्रेष्ठको रु दश हजार, दुलेगौंडाका व्यावसायी विमलप्रसाद रिमालको रु पाँच हजार र दमौलीका शम्भुलाल श्रेष्ठको रु पाँच हजार गरी रु ३० हजार हस्तान्तरण गरिएको थियो । रासस