Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक मनोज प्रभाकरले पद छाडे 


    बिहिबार, मंसिर २९ २०७९
    750
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रमुख प्रशिक्षक मनोज प्रभाकरले पदबाट राजीनामा दिएका छन् ।

    ४ महिनाअघि नेपालको प्रशिक्षक नियुक्त भएका भारतीय पूर्व क्रिकेटर प्रभाकरले डिसेम्बर १५ (मंसिर २९) आजै देखि लागू हुने गरी राजीनामा दिएको र उनको राजीनामा स्वीकृत समेत भइसकेको नेपाल क्रिकेट संघ (क्यान)ले बताएको छ। 

    भारतका पूर्व अलराउण्डर प्रभाकर रणजी ट्रफी विजेता प्रशिक्षक हुन् । उनले अफगानिस्तानको बलिङ प्रशिक्षक रहेर काम गरिसकेका छन् ।लगातारको खराव नतिजा, खेलाडीसँग बिग्रिँदो सम्बन्ध र प्रशिक्षण शैलीमा प्रश्न उठेपछि प्रभाकरसँगको सम्झौता टुंग्यायने पक्षमा क्यान आफैं पुगेको थियो । 

    तत्कालीन मुख्य प्रशिक्षक पुबुदु दासानायकेले राजीनामा दिएपछि गत साउनमा क्यानले प्रभाकरलाई नियुक्त गरेको हो। क्यानले प्रभाकरसँग एक वर्षको सम्झौता गरिएको थियो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार