Nepal Face
  • आइतबार, १० साउन २०८३
  •  ढुंगाले हानेर आफ्नै श्रीमानको हत्या


    बिहिबार, मंसिर २९ २०७९
    755
    Shares
  • १ मिनेट पाठ
  • तनहुँ। आफ्नै श्रीमानको हत्या आरोपमा कास्की पोखरा महानगरपालिका-३० शिशुवा घर भई तनहुँ शुक्लागण्डकी नगरपालिका-४ प्रगति टोल बस्ने ३६ वर्षीया सुशीला बिक पक्राउ परेकी छन् । ४० वर्षीय मनबहादुर नेपालीको ढुंगा प्रहार गरी हत्या गरेको अभियोगमा सुशीलालाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो ।

    मादक पदार्थ सेवन गरी घरायसी वादविवादको कारण सुशीलाले श्रीमानको टाउकोमा ढुंगा प्रहार गर्दा गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले घाइतेलाई उपचारका लागि जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र बेलचौतारामा पठाएकोमा उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीको भनाई छ। 

     यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार