काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आज नियमित सेवा नदिने भएको छ । महानगरको प्रशासन विभागले आज एक सूचना जारी गर्दै केन्द्रीय कार्यालय तथा मातहतका सबै विभाग बन्द हुने बताएको हो ।
२८ औँ महानगर दिवस विशेष रुपमा मनाउने कार्यक्रम रहेकाले केन्द्र देखि वडा कार्यालयबाट प्रवाह हुने सेवाहरु आज दिन नसकिने विभागले जनाएको छ ।
