Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एमाले अध्यक्ष ओली र माओवादीका महासचिव गुरुङबीच भेटवार्ता


    बुधबार, मंसिर २८ २०७९
    840
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङबीच भेटघाट भएको छ। 

    माओवादीका महासचिव गुरुङले मंगलबार ओली निवास बालकोट गएर अध्यक्ष ओलीसंग भेटेका हुन् ।

    ‘चुनावमा राम्रो नतिजा ल्याएकोमा मैले केपी कमरेडलाई भेटेर बधाई दिन गएको हुँ । अरु पाँच दलका नेताहरूलाई बैठकमै भेटिन्छ कुराकानी हुन्छ’ गुरुङले भने– ‘उहाँ (केपी ओली) लाई अन्त भेट नहुने भएपछि निवासै गएको हुँ । बधाई र शुभेच्छा प्रकट गरेको हुँ । अरु विषयमा कुराकानी भएन ।’ 

    माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओलीलाई भेटेरै बधाई दिन महासचिव गुरुङलाई ओली निवासमा पठाएका हुन् । गुरुङले ओलीलाई एक घण्टाभन्दा बढी समय कुराकानी गरेको बताएका छन् । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार