Nepal Face
  • मंगलबार, १८ कार्तिक २०८३
  • उपत्यकामा थपिए १३४ कोरोना संक्रमित


    मंगलबार, साउन २७ २०७७
    2.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना संक्रमित भेटिने दर तीव्र गतिमा बढेको छ। मंगलबार मात्र उपत्यकामा १ सय ३४ जना संक्रमित भेटिए । सोमबार ४२ जना मात्र संक्रमित थपिएका थिए । 

    मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले उपत्यकामा १ सय ३४ सहित देशभर ६ सय ३८ जनामा संक्रमण पुष्टि भएको बताए । 

    मन्त्रालयका अनुसार हाल मुलुकमा विभिन्न ठाउँमा ७ हजार २ सय १ जना कोरोनाका सक्रिय संक्रमितहरू छन्। त्यसमध्ये प्रदेश-१ मा ५३९, प्रदेश-२ मा ३३४७, बागमती प्रदेशमा १३५२, गण्डकीमा २२४, प्रदेश ५ मा ६४६,  कर्णालीमा १९७ र सुदूरपश्चि प्रदेशमा ८९६ जना छन्।

    त्यस्तै पछिल्लो २४ घण्टामा थप १० हजार ४ सय ६२ वटा नयाँ पीसीआर नमुना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार