अर्घाखाँची। अर्घाखाँचीमा आफ्नै पतिको हत्या आरोपमा पत्नी पक्राउ परेकी छन्।
जिल्लाको छत्रदेव गाउँपालिका-१ चिदिका तुमचौरकी लक्ष्मी नेपाली ७७ वर्षीय पति बलबहादुर सार्कीको हत्या आरोपमा पक्राउ परेकी हुन्। शनिबार साँझ दम्पतीबीच घरायसी झगडा भएको स्थानीयहरूले बताएका छन् । झगडा हुनुअघि दुवै जनाले मदिरा सेवन गरेका थिए ।
बलबहादुरले लक्ष्मीलाई कुटपिट गरेको र त्यसपछि रिसको झोंकमा श्रीमतिले कम्मरमा बाँधेको पटुकी फुकालेर श्रीमानको घाँटीमा बाँधेर घरको दलिनमा झुण्डाएर हत्या गरेको प्रहरी समक्ष बयान दिएका छन् ।
प्रहरीका अनुसार पतिको मृत्यु भएपछि लक्ष्मीले पासोबाट शव निकालेर भुइँमा राखी पटुकी झिकेर आफ्नै कम्मरमा बाँधेको अनुसन्धानमा खुलेको छ ।
साथै उनले हत्यापछि श्रीमानले कुटपिट गरेको भन्दै होहल्ला गरेको पनि प्रहरी अनुसन्धानमा खुलेको बताइएको छ ।
उक्त घटनाको अनुसन्धान गर्दा श्रीमतिले हत्या गरेको पत्ता लागेको प्रहरीले जनाएको छ । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ।