Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मंगलबार ह्‍वात्तै बढे कोरोना संक्रमित, थपिए ६३८ जना


    मंगलबार, साउन २७ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपालमा थप ६ सय ३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

    मंगलबार विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा थप ६ सय ३८ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २३ हजार ९ सय ४८ पुगेको छ। संक्रमितमध्ये १६ हजार ६ सय ६४ जना निको भएर घर फर्किएका छन्।

    प्रवक्ता गौतमका अनुसार मंगलबारमात्रै कोरोनालाई जितेर १ सय ७१ जना घर फर्किएका छन्। आजसम्म नेपालमा कोरोनाको कारण ८३ जनाको मृत्यु भएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार