Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कञ्चनपुरमा १७ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा ३ जना पक्राउ


    आइतबार, मंसिर २५ २०७९
    680
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। कञ्चनपुरको बेलौरीमा एकजना १७ वर्षीया किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

    किशोरी र परिवारजनको जाहेरीका आधारमा बेलौरीको भइसोरी बस्ने २० वर्षीय दीपक बोट, ३७ वर्षीय साधुराम राना र ३३ वर्षीय हरिशंकर रानालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

    गाउँकै एक सामुदायिक विद्यालयमा कक्षा नौ मा अध्ययनरत ती किशोरीलाई स्वास्थ्य परीक्षणका लागि सेती प्रादेशिक अस्पताल धनगढी लगिएको छ। उक्त जाहेरीमा नाम उल्लेख गरिएका व्यक्तिहरूसहित थप केही अपरिचित व्यक्तिहरूले समेत पटक-पटक जबरजस्ती करणी गरेको किशोरीको भनाइ छ।

    पक्राउ परेका उनीहरूमाथि थप अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय बेलौरीले बताएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार