Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • यस्तो छ आजको मौसम


    शनिबार, मंसिर २४ २०७९
    920
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं। हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । मुलुकका पहाडी भूभागमा आंशिक बदली रहेको छ ।

    दिउँसो प्रदेश १, गण्डकी र कर्णालीका पहाडी भूभागमा आंशिक बदलीको सम्भावना रहेको मौसम पूर्वानुमाा महाशाखाले जनाएको छ । बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । 

    आइतबार प्रदेश १, मधेश र गण्डकीमा आंशिक बदलीको आकलन गरिएको छ ।

    पछिल्लो समय तराईमा हुस्सु लाग्न थालेको छ । जसकारण विभिन्न क्षेत्रमा भिजिबिलिटी पनि घट्न थालेको छ । देशका अधिकांश भूभागमा तापक्रम क्रमिक रूपमा घट्दै गइरहेकाले चिसोबाट बच्न महाशाखाले अनुरोध पनि गरेको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार