Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मुटुसम्बन्धी विरामी छोरी भेट्न गएकी महिलाको अस्पतालबाट खसेर मृत्यु


    शुक्रबार, मंसिर २३ २०७९
    665
    Shares
  • १ मिनेट पाठ
  • कास्की । मुटुसम्बन्धी विरामी भएर भर्ना भएकी छोरालाई भेट्न गएकी एक महिलाको पोखरा-११ फुलबारीस्थित मणिपाल शिक्षण अस्पतालबाट खसेर मृत्यु भएको छ ।

    मृत्यु हुनेमा पोखरा-१८ सराङकोटकी अन्दाजी ६५ वर्षीय धनसरी घर्ती रहेकी प्रहरीले जनाएको छ। 

    धनसरीकी छोरी पूर्णकुमारी केही दिनदेखि मुटुसम्बन्धी समस्याका कारण मणिपालमै उपचाररत रहेकी जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। 

    छोरी भेट्न गएकी धनसरी मणिपाल शिक्षण अस्पतालको तेस्रो तलाबाट खसेकी थिइन् र उनको तत्कालै मृत्यु भएको प्रहरीले जनाएको छ ।

    अस्पताल व्यवस्थापनले भने अस्पतालमा पुनर्निर्माणको काम भइरहेको र उनी किन छेऊतिर गइन् भन्ने बुझ्न नसकिएको जनाएको छ ।

    जिल्ला प्रहरीका अनुसार घटनाको अनुसन्धान भइरहेको छ । अस्पताल प्रशासन र पीडित परिवारबीच अहिले वार्ता चलिरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार