काठमाडौं । लामो समयदेखि जटिल प्रकारको वंशाणुगत जण्डिसबाट पीडित रहेका नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको उपचार चीनमा सुरु भएको छ ।
वर्षमान उपचार गर्न यही मंसिर १६ गते चीन गएका थिए । चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालको क्वारेन्टिनमा उनको उपचार सुरु भएको पुनको सचिवालयले जनाएको छ ।
यसअघि पनि उनको उपचार सोही अस्पतालमा भएको थियो ।
गत वर्ष ललितपुरको जावलाखेलस्थित सुमेरु अस्पतालमा उपचार सम्भव नभएपछि चिकित्सकको परामर्शमा उनी थाइल्याण्डको राजधानी बैंकक गएका थिए ।