Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बुद्ध एयरको एटिआर ७२ विमानले काठमाडौं-सुर्खेत उडान गर्ने


    बुधबार, मंसिर २१ २०७९
    1.8K
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं। बुद्ध  एयरले एटीआर ७२ जहाजबाट आउदो डिसेम्बर १६, २०२२ तथा १ पुसदेखि काठमाडौं-सुर्खेत उडान भर्ने भएको छ । अहिले बुद्ध एयरले यस गन्तव्यमा एटिआर ४२ जहाजबाट उडान सेवा सञ्चालन गर्दै आएको छ । यसले हवाई भाडा महँगो भएको भन्दै स्थानीयले ठूलो जहाज उडाउन माग गरेका थिए ।यात्रुको माग र सुविधालाई ध्यानमा दिएर एटिआर ७२ जहाजबाट उडान भर्न लागेको कम्पनीले जनाएको छ । यस जहाजको उडानबाट यात्रुहरू अधिक लाभान्वित हुने बुद्ध एयरको भनाइ छ । 

    हाल सञ्चालनमा रहेको एटिआर ४२ उडान बाट यात्रुहरूको माग अनुरूप सिट संख्या उपलब्धता कम रहेको तथ्यलाई आत्मसात गर्दै एटिआर ७२ मार्फत उडान सञ्चालन गर्न लागेको छ । सानो जहाजको सञ्चालन खर्च उच्च हुने हुँदा भाडादरमा यसको प्रत्यक्ष प्रभाव पारेको छ ।

    टीआर ७२ बाट उडान गर्दा यात्रु सिट संख्या र सञ्चालन खर्च कम हुने हुँदा यसको प्रत्यक्ष लाभान्वित यात्रुले पाउनेछन् । काठमाडौं–सुर्खेत रुटको न्यूनतम भाडा ७ हजार रुपैयाँ तोकिएको छ । बुद्धले यहाँ दैनिक २ उडान गर्ने भएको छ । १६ डिसेम्बरदेखि यहाँ ठूलो जहाजबाट सेवा दिन लागेको हो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार