Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • चोलेन्द्रविरुद्धको महाअभियोग निष्क्रिय, आजै अदालत जाँदै


    बुधबार, मंसिर २१ २०७९
    975
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं । सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसदमा पेस भएको महाअभियोग प्रस्ताव निष्क्रिय भएको छ । संघीय संसदका महासचिव डा. भरतराज गौतमले उनलाई उनीविरुद्धको महाअभियोग प्रस्ताव निष्क्रिय भएको पत्र दिएका छन् ।

    जबराविरुद्धको महाभियोग निष्क्रिय भएको पत्र पाएसंगै जबरा अब प्रधानन्यायाधीशको हैसियतमा पुन: सर्वोच्च अदालतमा हाजिर हुने भएका छन् ।

    जबराले आफुविरुद्धको महाअभियोग प्रस्ताव निष्क्रिय भएको संसदको पत्र पाएको बताए । महाअभियोग निष्क्रिय भएसँगै आजै आफू अदालतमा हाजिर हुने समेत उनले दाबी गरे। 

    चोलेन्द्रको कार्यकाल भने धेरै बाँकी छैन । उनले आगामी २७ गते अवकाश पाउँदैछन् ।

    चोलेन्द्रविरुद्ध सत्ता गठबन्धनले २०७८ फागुन १ गते महाभियोग प्रस्ताव दर्ता गरेको थियो । साथै महाभियोगमाथिको कारवाही नटुंगिँदै संसदको कार्यकाल सकिएपछि २०७९ असोज १ गते महाभियोग सिफारिश समितिले अर्को प्रतिनिधिसभाले उक्त विषयलाई अगाडि बढाउने गरी प्रस्ताव जिम्मा लगाएको थियो ।

    Nilamban-Fukua1670397614.jpg
    undefined

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार