काठमाडौं । केहीसमय देखि बढिरहेको सुनको मूल्य पछिल्लो ३ दिन भने घटेको छ । पछिल्लो ३ दिनमा सुनको मूल्य प्रतितोला १ हजार ९ सय घटेको हो ।
आइतबार ९ सय रुपैयाँले घटेको सुनको मूल्य सोमबार २ सय र मंगलबार ८ सय रुपैयाँले घटेको हो। सुनको मूल्य मंगलबारका लागि प्रतितोला १ लाख १ हजार ६ सय रुपैयाँ तोकिएको छ।
शुक्रबार प्रतितोला १ लाख ३ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनकाे मूल्य मंगलबारसम्म आइपुग्दा १ लाख १ हजार ६ सय रुपैयाँमा झरेको हो।
यसैगरी, चाँदीको मूल्य पनि मंगलबार प्रतितोला १ सय ७५ रुपैयाँले घटको छ। सोमबार प्रतितोला १ हजार ३ सय ९५ रुपैयाँमा कारोबार भएको सुन मंगलबारका लागि प्रतितोला १ हजार २ सय २० रुपैयाँ तय भएको छ।
यसअघि सोमबार चाँदीको मूल्य आइतबारको तुलनामा १५ रुपैयाँले घटको थियो। आइतबार चाँदीको मूल्य प्रतितोला १ हजार ४ सय १० रुपैयाँ थियो।