Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • चुनावमा रवीन्द्र मिश्रको खर्च यस्तो छ 


    मंगलबार, मंसिर २० २०७९
    815
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। काठमाडौं क्षेत्र नम्बर १ प्रतिनिधि सभा सदस्य उम्मेदवार रवीन्द्र मिश्रले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो चुनावी खर्च सार्वजनिक गरेका छन्। 

    काठमाडौं १ मा नेपाली कांग्रेसका उम्मेदवारसंग झिनो मतले हारेका तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष समेत रहेका मिश्रको चुनावी खर्च साढे २४ लाख भएको उनले बताएका छन्। 

    उनले २४ लाख ४९ हजार ६०७ रुपैयाँ खर्च भएको विवरण निर्वाचन आयोगमा पेश गरेका छन्।

    २०७४ सालको चुनावमा पनि साढे २१ लाख खर्च गरेका उनले चुनावी खर्च गर्न सार्वजनिक रूपमा आर्थिक सहयोगका लागि अपिल गरेका थिए। 

    तर, आयोगले काठमाडौं-१ मा २५ लाख मात्र खर्च गर्न पाउने सीमा तोकेको थियो। 

    काठमाडौं क्षेत्र न १ मा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहसँग मिश्र झिनो मतले पराजित भएका थिए।

    Screenshot (334).png
    undefined

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार