Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • चरीदेखि कुमार पौडेलको ‘इन्काउन्टर’को छानबिनः डीआइजीको जागिर धरापमा


    मंगलबार, साउन २७ २०७७
    1.6K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । सर्वेन्द्र खनालको कार्यकालमा नेपाल प्रहरीमा इन्काउन्टर घटना फस्टाए । त्यसले केही हदसम्म अपराध घटाउन त मद्दत ग¥यो होला त केही प्रहरीको करिअरमा भने ठूलो असर पुगेको छ ।

    खनालको कार्यकालमा भएका इन्काउन्टरको घटनाको अहिले पनि छानबिन भइरहेको छ । राष्ट्रिय मानव अधिकार आयोगले गरेको छानबिनमा केही प्रहरीको जागिर नै धरापमा पर्न सक्ने देखिएको छ । डिआईजीसम्मको जागिर धरापमा पर्ने भएपछि छानबिन प्रतिवेदन नै गोप्य राख्ने चलखेल भइरहेको छ ।

    सर्वोेच्च अदालतका पूर्व न्यायाधीश ताहिर अली अन्सारीको नेतृत्वमा भएको छानबिनमा डिआईजीसम्मका प्रहरीमाथि कारबाही सिफारिस भएको छ । हाल प्रदेश नम्बर २ को प्रहरी प्रमुखका रुपमा कार्यरत डिआईजी धिरजप्रताप सिंहलाई कारबाहीको सिफारिस भएको स्रोत बताउँछ । उनी महानगरीय अपराध महाशाखामा कार्यरत रहँदा भक्तपुरमा दुई युवकको इन्काउन्टर भएको थियो । बालक निशान थापाको अपहरणपछि हत्यामा संलग्नहरुलाई प्रहरीले पक्राउ गरी सूर्य विनायकको जंगलमा लगेर गोली हानी हत्या गरेको थियो । उनलाई पक्राउ गरेर लगेकै स्थानीयले देखेका थिए । जसकारण सिंहसहित त्यो घटनामा संलग्न प्रहरीमाथि कारबाहीको सिफारिस भएको छ ।

    त्यस्तै चरी, घैैंटे इन्काउन्टरमा संलग्न प्रहरीको पनि छानबिन भएको छ । त्यसमा पनि प्रहरीको कमजोरी देखिएको स्रोत बताउँछ । सर्लाहीका कुमार पौडेलको इन्काउन्टरमा त यसअघि नै आयोगले निर्णय गरिसकेको छ । प्रहरीका एक दर्जन इन्काउन्टर घटनाको बिशेष टीम बनाएर आयोगले छानबिन गरेको थियो । जून रिपोर्ट एक महिनादेखि अध्यक्ष अनुपराज शर्माले सदस्यलाई समेत नदिई लुकाएर राखेका छन् । कारबाहीका लागि सिफारिस भएका प्रहरी अधिकारीले समेत रिपोर्ट कार्यान्वायन नगर्न चलखेल जारी राखेका छन् । मानव अधिकार आयोग जस्तो संवैधानिक आयोगभित्र भएको यस्तो चलखेल देखेर कर्मचारीहरु नै चकित बनेका छन् । आजको दृष्टि साप्ताहिकबाट

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार