काठमाडौं । सत्ता गठबन्धनमा आवद्ध दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले महासचिव रघुवीर महासेठबीच भेटवार्ता भएको छ । सोमबार प्रचण्डलाई भेट्न एमाले सचिव महासेठ खुमलटार नै पुगेका थिए । सत्ता गठबन्धनको बैठकअघि नै यी दुईले छलफल गरेका थिए। प्रचण्डले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालदेखि प्रतिपक्ष एमालेका सचिव रघुवीर महासेठसँग छुट्टाछुट्टै छलफल गरेका हुन् ।
यसै क्रममा प्रचण्डसँग आफ्नो व्यक्तिगत सम्बन्ध राम्रो भएकाले बधाई दिन खुमलटार गएको महासेठले बताए ।
उनले भने, ‘हामीबीच राम्रो सम्बन्ध छ । निर्वाचनबाट विजयी भएपछि उहाँलाई बधाई दिन गएको हुँ । त्यहाँ थप राजनीतिक कुरा भएन ।’
अहिले प्रधानमन्त्री निवास बालुवाटारमा मंसिर ४ गते प्रदेश र प्रतिनिधि सभा निर्वाचनपछि पहिलोपटक सत्ता गठबन्धनको बैठक जारी छ।
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend