काठमाडौं । जिल्ला ट्राफिक कार्यालय चितवनको परिसरमा रहेका कवाडी सुटुक्क बिक्री गरी आम्दानीसमेत नबाँधीश अनियमितता गरेका
प्रहरी निरीक्षक दयाकृष्ण भट्टलाई प्रदेश प्रहरी कार्यालयले चोख्याएको छ । निरीक्षक भट्टले लकडाउन सुरु हुनासाथ मुचुल्का नै नउठाई एक ट्रक कवाडी बिक्री गरेको समाचार सार्वजनिक गरेपछि प्रदेश प्रहरी कार्यालयका डीआइजी बसन्तकुमार लामाले डीएसपी विज्ञान बस्नेतको संयोजकत्वमा एक प्रहरी नायब निरीक्षक(सई) र एक जवान रहेको छानबिन समिति बनाएका थिए । उक्त समितिका संयोजक बस्नेत आगामी माघमा अवकाश पाउँदैछन् । उनकी दिदीको घर गैंडाकोटमा रहेको घरमा ल्याउने लाने काम भट्टले गरे ।
गैंडाकोटमै रहेको बस्नेतकी दिदीको घरमा कवाडी बिक्री प्रकरणमा जोगिने उपाय अबलम्बन गरिएको थियो । प्रतिवेदन बुझाउनुअघि साउन १५ मा डीएसपी बस्नेतलाई भेट्न निरीक्षक भट्ट र असई ठकुरी गैंडाकोट गएका थिए । त्यहीँ बस्नेतलाई खुसी पार्नेगरी नजरानाको ब्यवस्था गरिएको थियो । कुरा मिलिसकेपछि बस्नेतले त्यस्तो केही नदेखिएको, उजुरी परेको भनिएकोमा सामान राखेको ठाउँमा सामान यथावत रहेको भनेर प्रतिवेदन दिए । कवाडी बिक्री गरेको समाचार सार्वजनिक भएपछि छानबिन समिति बन्यो ।
समिति बन्नासाथ निरीक्षक भट्टले रातारात वडा प्रहरी कार्यालय नारायणगढका निरीक्षक रविनबाबु रेग्मीसँग मिलेर कवाडी जम्मा पारेको समाचार त नेपालफेसले नै सार्वजनिक गरेको थियो । त्यति गर्दा पनि २५ प्रतिशत मात्र कवाडी ल्याएर भट्टले छानबिन समितिलाई बिक्री गरेको नपाइएको प्रतिवेदन तयार गर्न प्रभावित पारेका थिए ।
समितिका संयोजकलाई उनका आफन्तको घर गैंडाकोटमा खातिरदारी गरे, छानबिन समितिका सदस्य सई र सिपाहीलाई दैनिक भोजभतेर गराए । अवकाश हुन लागेका डीएसपी बस्नेतले पनि निरीक्षक भट्टबाट केही लाभ पाएपछि उनलाई जोगाउने प्रतिवेदन दिएको आरोप छ । कवाडी बिक्री गरेर पनि छानबिन समितिलाई प्रभावमा पारी जोगिएका इन्स्पेक्टर भट्ट अहिले मेरो दरबन्दी चितवन ट्राफिकमै हुने भयो भन्न थालेका छन् । अहिले काजमा थिएँ, आजभोलि हुने इन्स्पेक्टर सरुवामा दरबन्दी यहँीँ हुने भयो भन्दै उनी मख्ख परेका छन् । कवाडी बिक्री नगरेको भनी प्रतिवेदनमा साक्षीका रुपमा भट्टले राखेका एक बिचौलियालाई सही गराइएको छ । र, साक्षीको बयान लिन ती बिचौलियाको घरमै गएका थिए । सामान नहराएको भनी भट्टकै बिचौलियाले बयान दिएका छन् । ती बिचौलियाले निरीक्षक भट्टको तर्फबाट नेपालफेसका बिरुद्ध प्रेस काउन्सिलमा उजुरी दिएका थिए ।
कार्यालयका एक ट्रक कवाडी मुचुल्का नउठाई बिक्री गरी अनियमितता गर्दा पनि डीआइजी लामाले यसलाई गम्भीर रुपमा नलिई हल्काफूल्का रुपमा लिएको र छानबिन गर्न अवका हुन लागेका डीएसपीलाई खटाएर झारा टार्ने काम गरेका छन् ।
प्रदेशले झारा टारे पनि कार्यालयको कवाडी समेत नछाड्ने प्रहरी अधिकृतका बारेमा आइजीपी शैलेश थापाको सचिवालयमा उजुरी पर्दा पनि उनले प्रदेशको मात्र भर नपरी सचिवालयबाट छानबिन गर्नुपर्ने हो । जसरी २ नम्बर प्रदेशका विवादित घुमुवाहरु गणमा तानेर आइजीपी थापाले छानबिन गरिरहेका छन्, त्यसैगरी चितवन ट्राफिकका निरीक्षक भट्ट र अफिसक्लर्क हरेराम खतिवडामाथि छानबिन गरे कवाडी बिक्री गरेको खुल्ने स्रोत बताउँछ । आइजीपी सचिवालय मातहत रहेको उजुरी छानबिन महाशाखाले यसमा किन छानबिन गरेन त ? यो प्रश्न चितवन ट्राफिक कार्यालयििभत्रकै एक प्रहरीले गरेका छन् । तलव र रासन भन्दा म एक रुपैयाँ चाहिँदैन भनी पदबहाली गरेका दिन भाषण गरेका आइजीपी थापाले कवाडी बिक्री गर्नेमाथि केन्द्रबाट छानबिन गरेनन् ? यसले शंका उब्जाएको छ ।
यो पनि पढ्नुहोस्ः