Nepal Face
  • शनिबार, ९ साउन २०८३
  •  बाबुराम भट्टराई र सिके राउतबीच भेटघाट 


    सोमबार, मंसिर १९ २०७९
    2.1K
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। जनमत पार्टीका अध्यक्ष सिके राउत र पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादीका अध्यक्ष डा. बाबुराम भट्टराईबीच भेटघाट  भएको छ।

    सप्तरी २ बाट जसपाका अध्यक्ष उपेन्द्र यादवलाई हराउँदै प्रतिनिधिसभामा निर्वाचित भइसकेपछि सिके राउतले पछिल्लो समय राजनीतिक भेटघाट तीव्र पारेका छन्। यसैक्रममा उनले सोमबार भट्टराईलाई भेटेका हुन्।

    उक्त भेटमा समसामयिक राजनीतिबारे छलफल भएको भट्टराईले ट्वीटरमार्फत् जानकारी दिएका छन्।

    ‘जनमत पार्टीका अध्यक्ष डा.सि के राउत र अन्य उच्च पदाधिकारीसँग समसामयिक राजनीतिबारे उपयोगी छलफल। मैले संविधान निर्माणको क्रममा संवैधानिक समितिको सभापतिको हैसियतले तत्कालीन सबै विद्रोही समूहहरूको समेत राय लिने क्रममा उहाँलाई सिंहदरबारमा भेट्दा औंला उठाउनेहरू आज गलत साबित भएकोमा खुसी’, उनले लेखेका छन्।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार