Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बोहराका हत्या आरोपी शाही चितवनमा पक्राउः काठमाडौं ल्याउँदै


    सोमबार, साउन २६ २०७७
    1.4K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौँ । गोंगबु गणेशस्थानमा दाङका कृष्णबहादुर बोहराको हत्या गरेर फाल्नेमध्येका एक आरोपीलाई प्रहरीले चितवनबाट प्रहरीले पक्राउ गरेको छ । बोहराको हत्यामा संलग्न भएको आशंका गरिएकी कल्पना शाहीलाई प्रहरीले चितवनको टाँडीस्थित माधवपुरबाट सोमबार पक्राउ गरेको छ ।

    पक्राउ परेकी शाहीलाई प्रहरीले काठमाडौं ल्याउँदैछ । आइतबार विहान बोहराको शरीरको मुख्य भाग सुटकेशमा तथा टाउको र खुट्टा जेब्रा झोलामा फेला परेको थियो । हत्या गरिएका बोहरा नयाँबजारस्थित एक गार्मेन्टमा काम गर्थे । उनको पहिचान हुन नसकेपछि महानगरीय अपराध महाशााखाले सोमबार सब पहिचानका लागि तस्वीर सार्वजजिक गरेको थियो ।

    टोखा नगरपालिका–१० स्थित गोंगवु गणेशस्थानमा फेला परेको शव पहिचान गर्न प्रहरीलाई हम्मे परेको थियो । सोमबार बोहराका मामाले शवको सनाखत गरेका थिए । त्यसपछि मात्र प्रहरीले हत्या गरेको घर पत्ता लगाएको थियो । गोंगबुस्थित नवज्योती मार्गमा रहेको किरण बस्नेतको घरको तेस्रा तल्लामा हत्या गरेर बोहराको शवलाई ५० मिटर पर सडकमा फालिएको थियो । मुख्य बडीको करिब २ सय मिटर पर टाउको र खुट्टा फेला परेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार