Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • राजविराजमा करेन्ट लागेर एकको मृत्यु


    सोमबार, साउन २६ २०७७
    2.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • सप्तरी।  पानी तान्ने मोटरबाट करेण्ट लागेर सप्तरीको राजविराजमा आज एक जनाको मृत्यु भएको छ । राजविराज नगरपालिका–१ बस्ने ३५ वर्षीय इजलाम आलमको करेन्ट लागेर मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।

    घरको पानी तान्ने मोटरमा विद्युतीय तार जोड्ने क्रममा करेन्ट लागेर उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज ल्याउने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी तीलक भारतीले बताउनुभयो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार