Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पूर्वी नवलपरासीमा भीरबाट जिप खस्दा तीनको मृत्यु, सात जना घाइते


    बिहिबार, मंसिर १५ २०७९
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • पूर्वी नवलपरासी ।  पूर्वी नवलपरासीको राइकोटमा जिप दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । दुर्घटनामा सात जना घाइते भएका छन् । 

    महेन्द्र राजमार्गमा पर्ने दलदले बजारबाट डेढगाउँतर्फ जाँदै गरेको ग ०४००१ च ०००६ नम्बरको जिप बिहीबार साँझ दुर्गम पहाडी हुप्सेकोट गाउँपालिका-५ कान्छीपानीमा भीरबाट खसेको प्रहरीले जनाएको छ ।

    दुर्घटनामा २ महिला र १ पुरुषको मृत्यु भएको छ । उनीहरू सनाखत हुन बाँकी छ । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ । घटनास्थलमा बुलिंटार, डेढगाउँ, रुद्रपुर र जिल्ला प्रहरी कार्यालयको उद्धार टोली पुगेको छ ।
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार