काठमाडौँ। कैलालीको धनगढीमा ग्रेडरले साइकललाई ठक्कर दिँदा एक विद्यार्थीको ज्यान गएको छ।
धनगढीको हसनपुर पिपलचौतारा सडकखण्डमा आज बिहीबार बिहान साइकलमा स्कुल गइरहेका बेला ग्रेडरले ठक्कर दिएर कुल्चिँदा अन्दाजी १५ वर्षकी चेतना साउँदको मृत्यु भएको प्रहरीले जनाएको छ ।
कैलाली प्रहरीका डीएसपी वेदप्रकाश जोशीका अनुसार उनी धनगढी उपमहानगरपालिका-५ पञ्चोदय मावि हसनपुरमा कक्षा ८ मा अध्ययनरत थिइन् ।
ना १ क ९७५ नम्बरको ग्रेडर चालक चितवन भरतपुर महानगरपालिका २८ बस्ने २७ वर्षका विमल कुमाललाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।