काठमाडौं । काठमाडौं उपत्यकामा थप ४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। सोमबार गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा थप ४४ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।
काठमाडौंमा ३६ जनामा संक्रमण पुष्टि भएको हो। ललितपुरमा चार र भक्तपुरमा तीन जनामा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, महोत्तरीमा २३, सर्लाहीमा २१, पर्सामा २१, मोरङमा १४ जनामा संक्रमण पुष्टि भएको छ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २३ हजार ३१० पुगेको छ। संक्रमितमध्ये १६ हजार ४९३ जना निको भएर घर फर्किएका छन्।
प्रवक्ता गौतमका अनुसार सोमबारमात्रै कोरोनालाई जितेर १ सय ४० जना घर फर्किएका छन्।