Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • लागुऔषधसहित ३ जना पक्राउ


    बुधबार, मंसिर १४ २०७९
    755
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं । देशका विभिन्न स्थान उदयपुर, कैलाली र स्याङ्जाबाट लागुऔषधसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। 

    उदयपुरको कटारी नगरपालिका–६ साँगुरीबाट अवैध लागूऔषध गाँजा करिब ६० केजीसहित ताप्ली गाउँपालिका–२ धपने बस्ने २७ वर्षीय सरोज राईलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो । 

    राईले ताप्लीबाट मिर्चैयातर्फ तीनवटा बोरामा उक्त परिमाणको गाँजा लैजाँदै गरेको अवस्थामा प्रहरी चौकी रिस्कुबाट खटिएको प्रहरीले फेला पारी पक्राउ गरेको हो । 

    उता कैलालीको लम्कीचुहा नगरपालिका–८ गोप्का बस्ने ४० वर्षीय गोपी उखेडालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ४ सय २० मिलिग्रामसहित प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट चुहाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । 

    यस्तै, स्याङजाको गल्याङ नगरपालिका–१ राम्दी चेकपोष्टबाट अवैध लागूऔषध गाँजा करिब ७५० ग्रामसहित पाल्पा तानसेन नगरपालिका–१२ बस्ने २४ वर्षीय बलबहादुर विकलाई प्रहरीले पक्राउ गरेको छ ।

    अस्थायी प्रहरी पोष्ट राम्दीबाट खटिएको प्रहरीले बुटवलबाट पोखरातर्फ जाँदै गरेको लु.२ ख ८४२६ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार विकलाई उक्त लागुऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

    यी सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।  
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार