काठमाडौँ। चर्चित बलिउड अभिनेता, निर्देशक तथा निर्माता अरबाज खान र उनकी मोडल तथा अभिनेत्री प्रेमिका जर्जिया एन्ड्रियानीको हालै ब्रेकअप भएको छ । जर्जियाले हालै एक अन्तर्वार्तामा अरबाजसँगको सम्बन्ध राम्रो नरहेको खुलाउँदै उनलाई प्रेमीभन्दा पनि राम्रो साथीको रूपमा चिनाइन् ।
अरबाजले सन् १९९८ मा मलाइका अरोडासँग विवाह गरेका थिए । उनीहरूको एक छोरा अरहान खान छन् । अरबाज र मलाइकाले सन् २०१७ मा डिभोर्स गरेका थिए । अरबाजको पहिलो श्रीमती मलाइका अरोरासँगको सम्बन्ध विच्छेद पनि निकै चर्चामा थियो ।
अरबाज र मलाइकाको सम्बन्ध टुटेपछि अरबाजको जीवनमा अभिनेत्री जर्जिया एन्ड्रियानी आइन् । उनीहरु एकआपसमा प्रेममा थिए। अरबाज र जर्जिया विगत चार वर्षयता डेटमा छन्।
‘मेरो र अरबाजको विवाहको कुनै योजना छैन । लकडाउनपछि हाम्रो सम्बन्धमा पविर्तन आइसकेको छ । लकडाउनले हामीलाई सोच्न बाध्य बनायो । लकडाउनले मानिसलाई कि सँगै बनायो, कि त अलग्यायो’, उनले भनेकी छन् । जर्जियाको कुराले अरबाजका फ्यानले उनीहरुको ब्रेकअप भएको अड्कलबाजी गरेका छन् ।
उनीहरूबीच २२ वर्षको उमेर अन्तर छ । इटली घर भएकी जर्जियाले साउथ र बलिउड फिल्ममा काम गरिसकेकी छन् ।