Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • काठमाडौँको बिजुलीबजारमा जिपसंग ठोक्किंदा मोटरसाइकल चालक घाइते


    बुधबार, मंसिर १४ २०७९
    710
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौंको बिजुलीबजारमा आज बिहान जिप र मोटरसाइकल आपसमा ठोक्किंदा मोटरसाइकल चालक गम्भीर घाइते भएका छन् ।

    उक्त दुर्घटनामा मोटरसाइकल चालक काठमाडौंको बसन्तपुर बस्ने २६ वर्षीय विवेक डंगोल घाइते भएका हुन् । उनको उपचार माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ ।

    आज बिहान पौने ६ बजे बा ६ ४ ३४२९ नम्बरको बोलेरो जिप र बागमती प्रदेश ०२ ०२२ प ७०७६ नम्बरको मोटरसाइकल ठोक्किएका थिए ।

    यस सम्बन्धमा थप अनुसन्धान भइरहेको छ। 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार