काठमाडौं । काठमाडौंको गोंगबुमा विभत्स हत्या भएको अवस्थामा फेला परेको शवको पहिचान खुलेको छ । एक उच्च प्रहरी अधिकारीका अनुसार हत्या गरिएका पुरुष रोल्पाका कृष्णबहादुर बोहोरा भएको खुलेको हो ।
आइतबार गोंगबु गणेशस्थान आसपासको छुट्टाछुट्टै स्थानमा सुटकेशमा शव र झोलामा टाउको फेला परेको थियो ।
शवको पहिचान भएपनि हत्याराको भने अहिलेसम्म पहिचान हुन सकेको छैन। हत्याबारे समेत अनुसन्धार जारी रहेको ती प्रहरी अधिकारी बताएका छन् ।