Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • थापाथलीको सुकुम्बासी बस्ती हटाउन खोज्दा स्थानीय र प्रहरीबीच ढुंगामुढा 


    सोमबार, मंसिर १२ २०७९
    650
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौँ महानगरले थापाथलीस्थित बागमती किनारका सुकुम्वासी बस्ती हटाउन खोजेपछि स्थिति तनावग्रस्त बनेको छ।  महानगरपालिकाले बस्तीमा डोजर चलाएपछि स्थानीयले चर्को अवरोध गरेका हुन्। 

    सुकुम्बासी बस्ती हटाउन डोजरसहित पुगेको महानगरको टोलीमाथि स्थानीयहरुले ढुंगामुढा गरेपछि सो क्षेत्र तनावग्रस्त बनेको हो ।  वैकल्पिक व्यवस्थाविनै हटाउन थालेको भन्दै उनीहरुले महानगरको टोलीमाथि ढुंगामुढा गरेका हुन् ।

    उनीहरूले सडकमा टायर बालेर घरेलु हतियारसहित प्रदर्शनमा उत्रिनुका साथै मेयर बालेन शाहविरुद्ध चर्को नाराबाजी गरेका छन् ।

    r4CYLZNBbckBjp0jcCTK.jpg
    undefined

    साथै उनीहरूले ‘बालेन शाह होस् गर, हाम्रो भोट फिर्ता गर । मरे चिहान बाँचे घर, एकता नै हाम्रो भर, गरिब मार्न पाइँदैन । भन्दै आक्रोश पोखेका छन्। 

    एकीकृत बागमती सभ्यता विकास समितिले ४ मंसिर (चुनावकै दिन)सम्म अन्तिम म्याद राखेर बस्ती खाली गर्न सूचना जारी गरेको थियो ।

    Screenshot (327).png
    undefined

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार