काठमाडौं । नेपाली चलचित्र क्षेत्रका चर्चित अभिनेता सलोन बस्नेतले प्रेमिका करिश्मा केसीसँग आज विवाह गरेका छन् । केहि बर्षबाट प्रेममा रहेका अभिनेता सलोनले एयरहोस्टेज करिश्मासंग मङ्सिर १२ गते आज लगनगाँठो कसेका हुन्। ३१ वर्षिय सलोन र २४ वर्षिया करिश्माले करिब ४ वर्षको प्रेमलाई पारिवारिक सहमतिमा आज विवाह गरेका उनका बुबा शोभित बस्नेतले जानकारी दिए।
आज सोमबार चन्द्रागिरि रिसार्टमा परिवारका सदस्य, आफन्त र फिल्मकर्मीहरुको उपस्थितिमा उनीहरुले विवाह गरेका हुन् ।
विवाह समारोहमा अभिनेता तथा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, सलिनमान बनिया, अभिनेत्रीहरु पूजा शर्मा, वर्षा राउत लगायत उपस्थित थिए ।
करिश्मा नेपाल एयरलाइन्समा काम गर्छिन्। उनी एयर होस्टेस हुन्।