Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मोटरसाइकल चोरीमा संलग्न २८ वर्षीय युवक पक्राउ


    सोमबार, मंसिर १२ २०७९
    965
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं । मोटरसाइकल चोरीमा संलग्न रहेको अभियोगमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा सुर्खेत भेरीगंगा नगरपालिका-४ घर भई हाल ललितपुर इमाडोल बस्ने २८ वर्षीय भुपेन्द्रबहादुर बुढामगर रहेका छन् । चोरी भएको चार थान मोटरसाइकलसहित प्रहरीले उसलाई पक्राउ गरेको हो ।

    काठमाडौं महानगरपालिका–९ एयरपोर्टबाट पक्राउमा परेका भुपेन्द्र भक्तपुरको राधेराधेस्थित भाटभटेनी सुपरमार्केटको पार्किङस्थलबाट एक थान मोटरसाइकलसहित पक्राउ परेका हुन् । 

    उपत्यकाको विभिन्न स्थानमा पार्किङ गरी राखिएका मोटरसाइकल चोरी हुने क्रम बढ्दै गइरहेकोले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

    यसबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ। 
     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार