Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कोरोनाको मारमा फिल्म जगतः बेरोजगार नायिकाले खोलिन् रेष्टुरेन्ट


    सोमबार, साउन २६ २०७७
    1.5K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • ललितपुर । कोराना भाइरसका कारण सरकारले गरेको बन्दाबन्दीले सबै क्षेत्र प्रभावित बनेसंगै सिनेकर्मी पनि बेरोजगार भएका छन् । विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको सम्भावित सङ्क्रमणलाई ध्यानमा राखेर सरकारले पाँच महिना भन्दा बढी समय बन्दाबन्दी गरेसँगै चलचित्र निर्माण, प्रदर्शन र वितरण नहुँदा ठूलो संख्यामा चलचित्रकर्मी बेरोजगार हुन पुगेका छन् ।

    तत्काल चलचित्र क्षेत्रले गति नलिनि देखेपछि मोडल तथा नायिका प्रियंका अधिकारीले रेष्टुरेन्ट ब्यवसाय सुरु गरेकी छन् । उनले हालै ‘कौशी क्याफे एण्ड लन्ज’ सञ्चालनमा ल्याएकी हुन् । ललितपुरको बालकुमारी आकासेपुलको ठिक पश्चिम हाईवेसंगै रहेको ‘कौसी क्याफे एण्ड लन्ज’ स्वास्थ्य, हाइजेनिक, फ्रेस र मीठो खानेकुराका लागि परिचित बन्दैछ । ‘कौसी’ सेकुवा र कटियाका पारखीहरुका लागि पनि रोजाईको स्थान बन्दै छ ।

    ‘स्वस्थ र हाइजेनिक खाना, खुल्ला किचन, अनुभवी सेफ र राम्रो हस्पिटालिटी भएको पारिवारिक वातावरणमा रमाउँन सकिने उपयुक्त गन्तब्य हो’, भनी दाबी गर्ने सञ्चालिकामध्येकी एक प्रियंका अधिकारी चलचित्र ‘मदहोस’ की नायिका हुन् । नायिका अधिकारीले सरला बिष्ट र विमल कार्कीसंग मिलेर संयुक्त रुपमा रेष्टुरेन्ट ब्यवसाय सञ्चालन गरेकी हुन् । काम गर्ने वातावरण अझै सहज नभएको भए पनि त्यतिकै समय बर्दाद गर्नु भन्दा केही गरेर उपयोग गरु भनेर आफूले रेष्टुरेन्ट ब्यवसाय सुरु गरेकी बताउँछिन् अधिकारी ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार