काठमाडौं । आगामी फागुन ७ देखि १० गतेसम्म हुने भनिएको नेपाली कांग्रेसको १४ औं महाधिवेशन अनिश्चित भएको छ । कोरोना भाइरसको महामारीका कारण क्रियाशील सदस्यता नै वितरण हुन नसेकेकाले महाधिवेशन अन्योलमा बनेको हो ।
नयाँ कार्यतालिकाअनुसार आन्तरिक समायोजन १० साउनसम्म गरिसक्ने र क्रियाशील सदस्यताको अन्तिम सूची मंसिरसम्म सार्वजनिक गरेर अधिवेशनको तयारी तीव्र रुपमा गर्ने भनिएको छ ।
कांग्रेस स्रोतले दिएको जानकारीअनुसार कोरोना भाइरसका कारण कतिपय जिल्लाहरुमा जारी लकडाउनले काम गर्न समस्या भइरहेको छ ।
असार २५ गतेदेखि साउन मसान्तसम्म नयाँ सदस्यता वितरण र जिल्ला कार्यसमितिले सदस्यता नविकरण गरिसक्नुपर्ने भए पनि सदस्यता वितरणको गाँठो फुक्न सकेको छैन।
कार्यतालिकाअनुसार पुस ६ गते गाउँ नगर वडा अधिवेशन, पुस ८ गते गाउँ नगरपापलिका अधिवेशन, प्रदेश सभा क्षेत्रीय अधिवेशन पुस ११ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन एक मात्र प्रतिनिधिसभा जिल्ला निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन पुस १३ गते, एक भन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन पुन १६ गते, प्रदेश अधिवेशन माघ ६ गते र केन्द्रीय महाधिवेशन फागुन ७, ८, ९ र १० गते काठमाण्डुमा गर्ने कार्यतालिका सार्वजनिक भएको थियो ।
सहमहामन्त्री डा. प्रकाशशरण महतले महाधिवेशन तोकिएको समयमा हुने दावी गरेका छन् । उनले विधानअनुसार ६ महिना थप गर्ने प्रावधान भए पनि त्यो अवस्थामा पुग्न नदिने बताए ।
१३ औं महाधिवेशनमा ४ लाख ९८ हजार सदस्य पुर्याएको कांग्रेसले १४ औं महाधिवेशनमा त्यसलाई बढाएर १० लाख सदस्य पुर्याउने उदेश्य राखेको छ । कांग्रेसको हरेक महाधिवेशनमा सदस्यता वितरणबारे विवाद हुँदै आएको छ ।
गत बिहीबार सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा भएको पदाधिकारीसहित पूर्वपदाधिकारीको छलफलपछि कांग्रेसले हाल कायम रहेका ४ लाख ९८ हजार ४७६ क्रियाशील सदस्यतालाई बढाएर १० लाख पुर्याउने तयारी गरेको छ ।
सहमहामन्त्री डा. महतले क्रियाशील सदस्यतालाई दोब्बर बनाउने विषयमा छलफल भएको जानकारी दिए ।
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend