Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आज सुन र चाँदीको मूल्य स्थिर


    आइतबार, मंसिर ११ २०७९
    905
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। आज साताको पहिलो कारोबार दिन आइतबार सुन-चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले गत साताको शुक्रबारकै मूल्यमा सुनचाँदीको कारोबार भइरहेको जानकारी दिएको हो ।

    आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ८०० रूपैयाँ कायम छ भने तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ३०० रूपैयाँ छ ।

     गत साताको शुक्रबार पनि यही मूल्यमा छापावाल र तेजाबी सुनको कारोबार भएको थियो ।

    यस्तै, आज चाँदीको मूल्य पनि स्थिर छ । आज आइतबार चाँदीको मूल्य प्रतितोला १२ सय ९५ रूपैयाँ कायम रहेको महासंघले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार