काठमाडौं । जनता समाजवादी पार्टीले पार्टीको आचारसंहिता तोकेको छ । हालै एकीकरण भएको सो पार्टीले आन्तरिक असहमतिलाई सामाजिक सञ्जालमा लेख्न नपाउने गरी आचारसंहिता बनाएको छ । आचारसंहित उल्लंघन गर्नेलाई कारबाही नै हुने भएको छ ।
एकीकरणपछि बसेको पहिलो बैठकले यस्तो निर्णय गरेको हो । जसपाले चित्त नबुझेको कुरा मौखिम वा लिखित रुपमा पार्टीको बैठकमा राख्न सकिने जनाएको छ । सो आचारसंहिता अनुसार बहुमतद्धारा गरिएको पार्टी निर्णय र निर्देशनलाई कार्यान्वयन गर्नुपर्छ ।
यस्तैगरी विदेश भ्रमणका सम्बन्धमा समेत आचारसंहिताले व्यवस्था गरेको छ । विदेश भ्रमणमा जानुअघि पार्टीलाई पूर्व जानकारी गराउनु पर्ने तथा अनुमति लिनुपर्ने पनि व्यवस्था रहेको छ ।
पार्टीको तल्लो समितिले माथिल्लो समिति समक्ष समन्वय गर्नुपर्ने, अल्पमतले बहुमतको निर्णय मान्नु पर्ने, तल्लो कमिटीले माथिल्लो कमिटीको निर्णय मान्नु पर्ने, समस्त सदस्य केन्द्रीय समिति अन्तर्गत रहनपर्ने आचारसंहितामा उल्लेख गरिएको छ ।
जसपाको नयाँ आचारसंहिताले प्रक्रियागत विषय र धारणा राख्नुपर्नेमा जोड गर्दै तल्लो कमिटीका सदस्यले माथिल्लो कमिटीमा सोझै कुरा राख्न प्रतिबन्ध लगाएको छ ।
पार्टी सदस्यहरुले पार्टीका सैद्धान्तिक र वैचारिक अवधारणा, पार्टीको आन्तरिक एकता, पार्टी प्रतिको आफ्नो दायित्व, कर्तव्य र जिम्मेवारी, पार्टी विधान र नियमावली, पार्टी नीति र कार्यक्रम, पार्टीका निर्णय र निर्देशन आदिको प्रतिकुल नहुने गरी काम गनुपर्ने व्यवस्था समेत जसपाले गरेको छ ।
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend