Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भाइलाई पैत्रिक सम्पत्तिबाट बन्चित गर्न यति हदसम्म गिरेपछि…


    सोमबार, साउन २६ २०७७
    3.6K
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काभ्रे । धुलिखेल नगरपालिकाका वडा सचिव कर्मचारीले आफ्नै बाबुको जन्ममिति फरक पारेर सम्पत्ति हत्याउने प्रयास गरेको खुल्न आएको छ । सरकारी कार्यालयमा काम गर्ने पाँचखाल नगरपालिका –६ का स्थायी बासिन्दा उद्धवप्रसाद होमागाईले बाबुको जग्गा एकलौटी रुपमा भाइलाई नदिई नामसारी गर्ने उद्देश्यले मृत्युदर्ता गर्दा गलत विवरण पेश गरेको बुझिन आएको छ । उनी अहिले पनि धुलिखेल नगरपालिका वडा नम्बर २ का सचिव छन् ।

    घटना विवरण अनुसार पाँचखाल नगरपालिका –६ का उनका बाबु कृष्णप्रसाद होमगाईको २०६९ साल मंसिर २३ गते काठमाडौंमा निधन भएको थियो । उनको नागरिकता प्रमाणपत्र नम्बर १८४९४ भएको तर, दर्ता गर्दा १५४६ लेखेका छन् । साथै उनले निधन भएकै दिन मृत्युदर्ता गराएको रजिष्ट्ररमा देखाएका छन् । साथै नागरिकता जारी मिति २०४२ साल असोज ३ गते भए पनि उनले सत्य कुरा लेख्नबाट चुकेको उनका भाइ विष्णु होमागाइले बताए । साथै बाबुको नामसमेत स्पष्टरुपमा नलेखिएको पाइएको छ ।

    धुलिखेल नगरपालिकाका वडा सचिव होमागाईंले मृतकको सूचक भएर भरेको विवरणका कारण आइतवार पाँचखाल वडा नम्बर ६ को कार्यालयले विवरण माग गरी स्पष्टीकरणका लागि बोलाएको बुझिन आएको छ । उनकै कारण अर्का भाइ विष्णु होमागाईले अहिलेसम्म पनि अंश पाएका छैनन् । धुलिखेल–२ का सचिव होमागाईले वडामा पुगेर आफु पनि सचिव भएको भन्दै आफंै रजिष्टरमा दर्ता गरी जन्ममिति र मृत्युदर्ताको प्रमाणपत्र लगेका थिए । आमा जीवितै हुँदा बाबुको मृत्युदर्ताको सक्कल प्रमाणपत्र अन्यले नपाउने भएतापनि आफू पनि सचिव भएको भन्दै वडा सचिव हरि पन्तसँग रजिष्टर मागेर आफैं लेखेको वडा स्रोतले जानकारी दियो ।

    भाइलाई अंश नदिनका लागि बाबुको नागरिकताको नक्कली नम्बर राख्ने वडा सचिवले जेष्ठ नागरिक भत्ताका लागि कति नक्कली काम गरेका होलान् भन्दै पाँचखाल ३८ किलोका तिमिल्सिना थरका एक जेष्ठ नागरिकले दुःखसो पोखे । त्यसो त वडा सचिव होमागाईले बाबुको निधन भएकै दिन मृत्युदर्ता गरेको अनौठो रेकर्ड पनि कायम गरेका छन् ।

    वडासचिव होमागाईंले बाजे हरिलाल होमागाईको नाममा बैंकमा रहेको रकम र तीन कित्ता जग्गा यसरी नै किर्ते गरी खाएको भाइ विष्णु होमागाईले बताए । सरकारी कर्मचारीले आफ्नै भाइलाई अंश नदिनका लागि यसरी किर्ते गर्न मिल्छ भनी प्रश्न गर्दा उनले भने ‘वडाले बोलाएर आफू गएको र अहिले यो विवरण सच्चाउनका लागि नगरमा पठाएको जानकारी दिए । साथै जग्गाको विषयमा दुई पटक आफूले मुद्दा जितिसकेको र मिडियामा दिएर हाइलाइट हुने मात्रै हो । सिधै आएर अन्तर्वार्ता लिए पनि प्रमाण जुटाउन सक्ने कुरा बताए । तथापि आफूले गल्ति गरेको चाहिँ स्वीकार गरे ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार