Nepal Face
  • आइतबार, १० साउन २०८३
  • जुवाडे छुटाउन डीआईजीदेखि नेकपाका नेतासम्म सक्रिय


    सोमबार, साउन २६ २०७७
    1.4K
    Shares
    Basu Dev Paudel
  • ९ मिनेट पाठ
  • वसन्तकुमार लामा, बिष्णुबहादुर खत्री र माधव सापकोटा ‘सुबोध

    काठमाडौं । तातोपानीबाट सुन, डलर र रक्तचन्दनको कारोबार गरी अकुत आर्जन गरेका विष्णुबहादुर खत्री र गोवद्र्धन श्रेष्ठसहित १२ जना व्यापारीलाई २०७७ साउन १७ गते महाराजगंजस्थित नारायण पौडेलको घरबाट जुवा खेलिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो । उनीहरुलाई ३ लाख १० हजार नगदसहित पक्राउ गरिएको थियो । घरधनी नारायण पौडेल भने उम्किन सफल भएका थिए ।

    स्रोतका अनुसार, नेपाली कांग्रेसबाट गएको निर्वाचनमा प्रदेश सभाका उम्मेद्वार खत्रीलाई पक्राउ गर्नासाथ छाड्न बाग्मती प्रदेशका डीआईजी बसन्त लामादेखि नेकपा सिन्धुपाल्चोकका नेताहरु सक्रिय भएका थिए । तर प्रहरीले साउन १८ गते उनलाई ७ दिन म्यादथप ग¥यो । म्यादथप गरिसकेपछि पनि कोरोना महामारीको कारण देखाउँदै उनलाई छाड्न चर्काे दबाब परेको थियो ।

    स्रोतका अनुसार, महानगरीय प्रहरी वृत्त महाराजगंजका डीएसपी रोशन खड्कालाई बागमती प्रदेशका डीआईजी वसन्तकुमार लामाले ‘ठूलो रकम बरामद भएको छैन, ठूलो जुवा होइन, पावरफुल मानिस हो, नेपाल उद्योग वाणिज्य महासंघमा दुई पटक केन्द्रीय सदस्य भएको, प्रदेश सभाको सांसदको उम्मेद्वार बनेको, सभामुख अग्निप्रसाद सापकोटासँग पनि सुमधुर सम्बन्ध भएको मान्छे हो ।’ लामाले खत्रीलाई तुरुन्त छाड्न दबाब दिंदै डीएसपी खड्कालाई यसो भनेका थिए । डीएसपी खड्काले छिट्टै पेश गर्छु त भने तर कागजपत्र अपुरो पेश गरेका कारण उनीहरु ७ दिनसम्मै हिरासतमा बस्न बाध्य भएका छन् । डीआईजीको सिफारिसका बाबजुद पनि ७ दिन म्याद थप भयो ।

    किन दबाब दिए डीआईजीले ?

    स्रोत भन्छ, डीआईजी वसन्त लामा कुनै बेला सिन्धुपाल्चोकको डीएसपी थिए । जुनबेला रक्तचन्दनको तस्करी व्यापक मात्रामा हुने गरेको थियो । रक्तचन्दन कारोवारमा विष्णु खत्री अग्रपंक्तिमा आउने नाम थियो । डीएसपी लामाले खत्रीबाट रक्तचन्दनको दस्तुरी ठूलै परिणाममा लिएका कारण उनलाई छुटाउन लागिपरे । नेकपाका नेतादेखि सभामुखसम्मको पहुँच देखाएर उनलाई छाड्न दबाब दिएपनि डीएसपीले जुवाडे खत्रीलाई म्यादथप गरेरै छाडेका थिए । रक्तचन्दन तस्करीलाई संरक्षण गरेबापत खत्रीबाट लाभ लिएको गुण लामाले उनलाई छुटाएर तिर्न खोजेको प्रहरी वृत्तमा चर्चा छ ।

    नेकपाका नेता पनि खत्री छुटाउन सक्रिय

    स्रोतका अनुसार, नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य माधव सापकोटा ‘सुबोध’ पनि जुवाडे खत्रीलाई छुटाउन चौतर्फी लागे । उनले डीआईजी वसन्त लामादेखि सिन्धुपाल्चोकको प्रहरी प्रमुख भएर बसेका प्रहरी हाकिमलाई पनि उनलाई छाड्न पहल गरिदिन अनुरोध गरे । नेपाली कांग्रेसबाट प्रदेशसभा सांसदमा पराजित खत्रीलाई छुटाउन नेकपाका नेताहरु किन लागे ? यो प्रश्न प्रहरीमा पनि उठेको छ ।

    स्रोतका अनुसार, प्रदेश सभा सांसदमा पराजित भइसकेपछि नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतसँग खत्रीको दूरी बढ्दै गएको छ । चुनावमा खत्रीले पैसा नै ननिकालेपछि बस्नेत उनीसँग रुष्ट भएका थिए । जुन आशाका साथ खत्रीलाई टिकट दिइएको थियो त्यसअनुसार पैसा ननिकालेपछि बस्नेत राजनीतिक व्यक्तिलाई नै टिकट दिएको भए चुनाव जित्ने निष्कर्ष निकालेर आइन्दा खत्रीजस्ता विवादस्पद व्यापारीलाई नच्याप्ने निचोडमा पुगेको छन् । बस्नेतसँग दूरी बढेपछि खत्री नेकपाका नेताहरुसँग निकट हुँदै गएका छन् ।

    एक महिना अगाडि बाह्रबिसेमा आएको बाढीका कारण गएको पहिराले पु¥याएको धनजनको क्षतिको निरीक्षण र राहत वितरण गर्ने क्रममा खत्रीले नेकपाका नेता माधव सापकोटालाई हेलिकप्टरमा लिएर गएका थिए । सापकोटा ५ वटा अरु हेलिकप्टर हुँदाहुँदै खत्रीले नै चार्टर गरेको हेलिकप्टरमा गएका थिए । खत्रीको हेलिकप्टरमा सापकोटाको सवारीलाई लिएर त्यतिबेला नै नेकपा कार्यकर्ताबीच टिप्पणीको विषय बनेको थियो ।

    सापकोटा सभामुख अग्निका भतिजा हुन् । सभामुखको समेत नाम लिएर खत्रीलाई साउन १८ गते नै छाड्न दबाब दिइएको थियो जुनबेला मिडियामा पक्राउ परेको समाचार सार्वजनिक भइसकेको थिएन । रक्तचन्दन, सुन र डलर तस्करी गरी अथाह सम्पत्ति आर्जन गरेका बच्चु पौडेल पनि खत्रीलाई छुटाउन साउन १८ गते बिहानैदेखि नेकपाका नेताहरुको घरघरमा पुगेका थिए ।

    जुवा खेलेको घर बच्चु पौडेलका दाजु नारायण पौडेलको हो । नारायण पौडेल, बच्चु पौडेल र उनका भाइ राजकुमार पौडेल तीनैजना सुन, डलर र रक्तचन्दन तस्करीका बादशाह हुन् । राजकुमार भोटेकोशी गाउँपालिकाका अध्यक्ष पनि हुन् । विगतमा कांग्रेस भएर तस्करी गरी अकुत कमाएका बच्चु पौडेल २०७४ पछि नेकपा निकट भएका हुन् । नारायण पौडेल त हङकङमा करोडौं डलर तस्करी गरेको आरोपमा पक्राउ परी जेलमा बसेर अदालत मिलाइ छुटेका हुन् ।

    सम्पत्ति शुद्धिकरणमा नपठाउने चलखेल

    स्रोतका अनुसार, प्रहरीले खत्री र श्रेष्ठलाई ७ दिन म्याद थपेर हिरासतमा राखे पनि सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा कारवाही नगर्न चलखेल भइरहेको छ । तस्करीमा संलग्न भई अकुत सम्पत्ति आर्जन गरेका विष्णु खत्री र बच्चु पौडेलले शिवश्री हाइड्रोपावरदेखि विभिन्न क्षेत्रमा लगानी गरेका छन् । शिवश्री हाइड्रोपावरमा विष्णु खत्रीको ठूलो लगानी छ, तर त्यो हाइड्रोपावरको अध्यक्ष भने खत्रीले नेकपा नेताहरुसँग सम्बन्ध भएका बच्चु पौडेललाई बनाएका छन् ।

    शिवश्री हाइड्रोको अनुमति विद्युत विकास विभागबाट सुरुमा श्री डिस्टिलरीका सञ्चालक स्व.मथुरा मास्केले लिएका थिए । तर उनीबाट षड्यन्त्रमूलक ढंगले हडपेर खत्रीहरुले उक्त लाइसेन्स लिएका हुन् । श्री डिस्टिलरी राज्यले दुःख दिएर बन्द भएको बेला उक्त हाइड्रो मास्केसँग अति सस्तो मूल्यमा खत्रीहरुले फुत्काएको स्रोत बताउँछ । खत्रीको स्वयम्भुस्थित सानो भ¥याङमा ५ रोपनी क्षेत्रफलमा विशाल घर छ, जुन घरमा पुग्न ३ वटा ढोका पार गर्नुपर्छ । ढोका ढोकामा गार्डहरु राखिएको छ । प्रहरी स्रोतका अनुसार, जुवा तासका सौखिन खत्री त्यही घरमा अधिकांश समय कौडा खेल्ने गर्दथे । साउन १७ गते नारायण पौडेलको घरमा जुवा खेल्न जाँदा उनी पक्राउ परे । अनेक धन्दाबाट १० वर्षको बीचमा अर्बौंपति भएका खत्री फुर्सदको समयमा जुवा खेलेर बिताउने गर्दछन् । उनका एउटा छोरा र एक छोरी छन् । छोरा लण्डनमा छन् भने छोरी अमेरिकामा छिन् । छोराछोरीका लागि मासिक पढाई खर्च मात्रै नेपालबाट उनले मासिक साढे ४ लाख पठाउने गर्दछन् ।

    सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले गतवर्ष तिहारमा पक्राउ परेका बलराम सापकोटा ‘बले’, पवित्रकुमार कार्कीलगायतका पहुँचवाला जुवाडेलाई मुद्दा दायर गरेको थियो । प्रधानमन्त्री केपी ओलीदेखि यती गु्रपका आङछिरिङ शेर्पासँग सम्बन्ध भएका बले र कार्कीलाई मुद्दा चलाउने तर खत्रीलाई मुद्दा नचलाउनुमा सम्पत्तिमा पनि सेटिङ भइसकेको चर्चाले बजार पाएको छ । शम्भु शेर्पालाई जुवाखालबाट पक्राउ परेपछि सम्पत्तिले मुद्दा चलाएको थियो । खत्रीलाई सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा नपठाउनका लागि बाग्मती प्रदेशका डीआईजी बसन्त लामादेखि नेकपाका नेता माधव सापकोटाहरु लागिपरेका छन् ।

    को हुन् खत्री ?

    २०४९ सालसम्म पाटनढोकाबाट रत्नपार्कसम्म चल्ने जर्मन मिनिबसका खलासी थिए । त्यसपछि तातोपानी चल्ने बसमा काम गर्न थाले । खत्रीले तातोपानी रुटमा चल्ने बसको सिटमुनि भन्सार छलीका कटन कपडा हालेर तस्करीको सुरुवात गरे । सिन्धुपाल्चोकको लिस्तीकी निमा शेर्पासँग चिनजान भएपछि उनैसँग विवाह गरे । अहिले निमाको परिवार सबै अमेरिका बस्छ ।

    २०६२÷६३ को आन्दोलनपछि खत्री रक्तचन्दनको तस्करीमा लागे । त्यसपछि उनले दिन दुई गुणा रात चार गुणाका दरले अथाह सम्पत्ति आर्जन गरे । रक्तचन्दन तस्करीमा उनका पाटनर थिए पदम थापा । थापाको काभ्रेको ५२ किलोभन्ने ठाउँमा गाडी दुर्घटनामा निधन भयो भनियो । उनको अन्तै कतै रहस्यमय मृत्यु भए पनि ५२ किलोमा ल्याएर गाडी दुर्घटना भएको भनिएको तातोपानी रुटमा ब्यापार गर्ने ब्यापारीहरुले नै खोलेका थिए । उक्त मृत्यु रहस्यमय भएको समाचार त्यतिबेला पनि आएको थियो । जुन मृत्यु अहिलेसम्म पनि रहस्यमय नै छ । थापाको मृत्यु हुँदा खत्री चीनमा थिए । त्यतिबेला कल डिटेल हेरेको भए पनि चीनबाट कस कसको नाममा कल भएको थियो र थापाको मृत्यु कसरी भयो भन्ने भेद खुल्ने थियो, एक ब्यापारीले भने । त्यो दुर्घटना नै हो भन्ने बनाउन तत्कालीन काभ्रेका प्रमुख जिल्ला अधिकारी गोविन्द सापकोटादेखि प्रहरी प्रशासन मिलाउन ठूलो रकम खर्च गरिएको व्यापारी बताउँछन् । आजको साँघु साप्ताहिकबाट

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार