काठमाडौँ। दार्चुलामा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । जिल्लाको व्यास गाउँपालिका-४ डोकट बस्ने ३५ वर्षीय नरसिंह विष्ट मृत अवस्थामा भेटिएकाे प्रहरीले जनाएको छ।
उनको शव दार्चुलाकाे व्यास गाउँपालिका-४ घोलचौर भन्ने ठाउँको खोलामा भेटिएको हो ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाले यस घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएको छ।